| सोमवार, कार्तिक २३, २०८३

गोरखामा कोरोना संक्रमितको संख्या २५५ पुग्यो, ३० जना उपचार गराउँदै

गोरखामा कोरोना संक्रमितको संख्या दुई सय ५५ पुगेको छ । संक्रमण देखिएका मध्ये ३० जना आइसोलेसनमा उपचाररत छन् भने २ सय २२ जना उपचार पश्चात निको भएका स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।


आईतवार पालुङटारका थप एक जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पालुङटार नगरपालिका वडा नम्वर ५ का ४० बर्षीय पुरषमा कोरोना पुष्टी भएको स्वास्थ्य कार्यालय गोरखाका सुचना अधिकारी राजुरमण न्यौपानेले बताए ।


बारा जिल्ला घर भइ पालुङटारमा फर्निचर उद्योगमा काम गर्ने उनी यही असोज ८ गते घरबाट आएर रुम क्वारेन्टिनमा बस्दै आएका थिए ।

संक्रमित जिल्लाबाट आएकाले उनको १४ गते पिसिआर परिक्षणका लागी स्वाव संकलन गरेर पोखरा पठाइएको थियो ।
गोरखामा अहिले सम्म दुई जनाको कोरोनाका कारण मृत्यू भएको छ ।

प्रतिक्रिया दिनुहोस्