| सोमवार, कार्तिक २३, २०८३

बारपाक सम्म बस चल्न थाल्यो

भुकम्पको केन्द्रबिन्दु गोरखाको बारपाकमा बस पुगेको छ । लकडाउन र बर्खासँगै चैत दोस्रो सातादेखि बन्द बारपाक सडक भएर तीन दिन यता यात्रुबाहक बस पुग्न थालेको स्थानीय मनोज घलेले बताईन ।

लामो समयपछि यात्रुबाहक बस बारपाक पुगेपछि चाडबाड मनाउन बजार आउजाउ गर्न स्थानीयलाई भने सजिलो भएको छ । अहिले बारपाकबाट चितवन, काठमाण्डौँ, गोरखा सिधै यात्रुबाहक बस चल्छ । लकडाउन खुलेपछि पनि राङरुङदेखि बारपाक सम्म ठाउँठाउँमा सडक पहिरिएको थियो । सडकमा पहिरो बगेका कारण बारपाक सम्म सवारी चल्न सकेको थिएन ।

एघार किलो छेवेटार भालुस्वाँरा सडक आयोजनाले बाह«किलोदेखि बारपाक सम्मको सडक कालोपत्रे गर्ने ठेक्का लगाएको छ । गत वर्ष पुरा हुनुपर्ने कालोपत्रेको काम ५० प्रतिशत पनि भएको छैन । बर्षात हुँदा अझै सडक भत्किन सक्ने जोखिम भने रहेको दरौँदी यातायात प्रालीका ब्यवशायीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्