| आइतवार, कार्तिक २२, २०८३

गोरखामा जिरा मसलाको दररेट निर्धारण

मसला तथा किराना व्यवसायी संघ गोरखाले जिरा मसलाको दररेट कायम गरेको छ । नजिकिँदै गरेको दशै तिहार लगायतका चाडपर्वलाई लक्षित गरी विशेष छुटका साथ नयाँ दररेट कायम गरिएको संघका जिल्ला अध्यक्ष अवृन्द गुप्ताले बताए ।


शनिवार बसेको बैठकले विक्टरी जिरा प्रतिकेजी ४१५, पोकाको अन्य जिरा प्रतिकेजी ३९० रुपैयाँ कायम गरेको छ । खुल्ला जिरा वन स्टार प्रतिकेजी ३७०, ७०७ ब्राण्डको खुल्ला जिरा प्रतिकेजी ३५० र ४०० ग्राम धनियाँको मुल्य १०० रुपैयाँ निर्धारण गरिएको उनले बताए ।

नपिसेका तेजा खुर्सानीको मुल्य प्रतिकेजी ३५० तोकिएको छ । सो मुल्य भन्दा बढि लिएर कसैले बेचेमा तत्काल खबर गर्न आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्