
गोरखामा आज ५ जना कोरोना संक्रमित थपिए
गोरखामा बुधवार पाँच जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य कार्यालयका अनुसार आरुघाट गाउँपालिका ९ मा बस्ने २४ र २६ वर्षका मजदुरहरु, सिरानचोक ३ का २९ वर्षिय, पालुङटार ५ का २२ वर्षिय र गोरखा नगरपालिका १२ का २५ वर्षिय गरी पाँच जना पुरुषमा कोरोना संक्रमण देखिएको हो ।
यो सँगै अहिले सम्म गोरखामा कोरोना संक्रमितको संख्या दुई सय ४९ पुगेको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखरा पठाएका सबै स्वाबको रिपोर्ट आइसकेको स्वास्थ्य कार्यालयका सुचना अधिकारी राजुरमण न्यौपानेले बताए ।
‘मंगलवार र बुधवार संकलन गरिएको एक सय २३ जनाको स्वाब प्रयोगशाला पठाउन बाँकी छ’ न्यौपानेले भने ‘पठाएका जति सबैको रिपोर्ट आईसकेको छ ।’




