| आइतवार, कार्तिक २२, २०८३

आज ३ जना संक्रमित थपिए, १२५ जनाको रिपोर्ट नेगेटिभ

गोरखामा सोमवार ३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालयका अनुसार गैरसरकारी संस्थामा कार्यरत ३५ वर्षिय महिला, नेपाल प्रहरीमा भक्तपुरमा कार्यरत हाल गोरखा नगरपालिका भित्र घर आएका ३२ वर्षिय पुरुष र ग्रिल उद्योगमा काम गर्ने बिरगञ्जबाट भीमसेन थापा गाउँपालिका आएका १७ वर्षिय पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको हो ।


गोरखामा जम्मा संक्रमितको संख्या दुई सय ४४ जना पुगेको छ । अहिले २६ जना होम आइशोलेसनमा, गोरखा अस्पतालको आइशोलेसनमा ५ र आरुघाटमा १ जना छन् । मंगलवार संक्रमण पुष्टि भएका ३ जना मास वा होम आइशोलेसन कसरी बस्ने एकिन भएको छैन ।


गोरखामा मंगलवार एक सय २५ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । अब रिपोर्ट आउन एक सय १७ जनाको बाँकी रहेको स्वास्थ्य कार्यालयका सुचना अधिकारी राजुरमण न्यौपानेले बताए । ‘बाँकी रिपोर्ट बुधवार सम्म सबै प्राप्त हुने जानकारी आएको छ’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्