| आइतवार, कार्तिक २२, २०८३

सार्वजनिक सवारीसाधनको ढोकामा कोभिड सन्देश

गोरखामा यात्रुबाहक सार्वजनिक सवारी साधनमा कोभिड १९ (काेंरोना भाईरस)बाट बच्ने उपाए लेखिएको सन्देश टाँसिएको छ ।


कोरोनाको बढ्दो जोखिम न्यूनिकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय, सांग्रिला बिकास बैंक गोरखा शाखा र लायन्स क्लव अफ गोरखा सिटिको सहकार्यमा चेतनामुलक स्टिकर टाँस्ने अभियान थालिएको ट्राफिक प्रमुख मित्रलाल ढकालले बताए ।


मास्कको प्रयोग गरौँ, साबुन पानीले हात धोऔँ, सामाजिक दुरी कायम गरौँ भन्ने सन्देश लेखिएको स्टिकर टाँसिएको छ । ‘सार्वजनिक बस चढ्ने बेला यात्रुले सन्देश देखुन र ब्यवहारमा लागु गरुन भनेर यात्रुबाहक बसको ढोकामा टाँसेका हौँ’ ट्राफिक प्रमुख ढकालले भने ।


लायन्स क्लव अफ गोरखा सिटिका अध्यक्ष कणर्बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा ट्राफिक प्रमुख ढकाल, सांग्रिला बिकास बैंकका क्लस्टर प्रमुख महेन्द्र अधिकारी लगायतको उपस्थिती रहेको थियो । मंगलवार गोरखा सदरमुकामको बसपार्कबाट उक्त अभियान सुरु गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्