| आइतवार, कार्तिक २२, २०८३

जिल्ला प्रशासन गोरखाको निर्देशन : ‘मूल्यसूची अनिवार्य राख्नू, नभए कारवाही हुन्छ’


जिल्ला प्रशासन कार्यालय गोरखाले मूल्यसूची राख्न गोरखाका ब्यापारी ब्यवशायीलाई अनुरोध गरेको छ ।

बिभिन्न स्थानीय तहले बजार अनुगमनका क्रममा मूल्यसूची बिना दैनिक उपभोग्य सामग्री बिक्री बितरण भईरहेको भेटेपछि जिल्ला प्रशासन कार्यालयले यस्तो निर्देशन गरेको हो ।
‘उद्योग बाणिज्य संघ र चेम्बर अफ कमर्शलाई पत्र लेखेर आफ्ना ब्यापारी ब्यवशायीलाई मूल्यसूची राख्न लगाउनु भनेका छौँ’ प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले भने ।

जिल्ला प्रशासन कार्यालयले मूल्यसूची नराख्दा हुने कारवाहीको बारेमा पनि ब्यवशायीलाई जानकारी गराएको छ । ‘हामीले जिल्ला प्रशासनको तर्फबाट अनुगमन गर्दा मूल्यसूची नभएको पाइयो भने कारवाही गर्छौँ’ उनले भने ।


मूल्यसूची राख्न अनुरोध गरेको र अटेर गरे कारवाही गरिने प्रजिअ भट्टराईले बताए । गोरखा सदरमुकामकै ठुलादेखि साना पसलहरु अधिकांशले मूल्यसूची राखेका छैनन् । राखेका कतिपयले अद्यावधिक गरेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्