| आइतवार, कार्तिक २२, २०८३

बारपाक सुलिकोटले १० शैयाको आइशोलेसन बनाउने

गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले १० शैयाको आइशोलेसन गाउँपालिकामा निर्माण गर्ने निर्णय गरेको छ । बिहिवार गाउँ कार्यपालिकाको बैठकले उक्त निर्णय गरेको हो ।

साथै पालिका भित्रका विद्यालयमा रहेका क्वारेन्टिनहरु हटाईने भएको छ ।
कोरोनाको संक्रमण देखिएको ठाउँबाट आएका ब्यक्ति सबै क्वारेन्टिन बस्नुपर्ने निर्णय गरेको छ । संकास्पद ठाउँबाट आएकाहरुलाई होम क्वारेन्टिन बस्न गाउँपालिकाले आग्रह गरेको अध्यक्ष विष्णु भट्टले बताए ।

सबैलाई सामुहिक क्वारेन्टिनमा राख्न नसक्ने भन्दै सुरक्षित साथ घरमै बस्न आग्रह गरिएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्