
आरुघाट र स्वाँरामा नेपाल टेलिकमको ‘फोर जी’ सेवा सुरु
आरुघाट र बारपाक सुलिकोट गाउँपालिकाको दुईवटा टावरबाट फोर जी सेवा सुरु भएको नेपाल टेलिकम गोरखाले जनाएको छ ।
स्वाँरामा आईतवार साँझदेखि र आरुघाटमा सोमवार दिउँसो १२ बजेदेखि फोर जी सेवा सुरु भएको टेलिकम गोरखाका प्रमुख चन्द्रबहादुर श्रेष्ठले बताए । यस सँगै गोरखामा बिभिन्न १८ ठाउँका टावरबाट फोर जी सेवा सुरु भईसकेको छ ।
फोर जी मोवाईलमा इन्टरनेट चलाउन सकिने दु्रत सेवा हो । गाउँ गाउँका टावरबाट फोर जी सेवा सुरु गरेसँगै इन्टरनेटको पहुँच बढेको टेलिकमले जनाएको छ ।
ताकुकोट, छोप्राक, बारपाक, फुजेल, तारानगर, भुम्लिचोक, आरुपोखरी, गोरखा नगरपालिका देउराली, स्याउली बजार, स्वाँरा मुलावारी, सौरपानी, धुवाँकोट, श्रीनाथकोट, ताप्ले, हिक्लुङ, लाप्राक, पाटेचौर लगायत ठाउँका टावरमा फोर जी बिस्तार गर्न बाँकी रहेको दुरसञ्चार कार्यालय गोरखाले जनाएको छ ।




