
असोज १० भित्र गाउँपालिका कमिटीको बैठक सक्ने नेकपा गोरखाको तयारी
नेकपा अधिवेशनको तयारीमानेकपा अधिवेशनको तयारीमानेकपा अधिवेशनको तयारी नेकपा अधिवेशनको तयारीम
नेकपा गोरखाले आउँदो असोज १० गते(शनिबार) भित्र सबै गाउँपालिकाको पार्टी कमिटीको बैठक सम्पन्न गर्ने निणर्य गरेको छ । शनिबार सम्पन्न जिल्ला कार्यालयको बैठकले सदस्यता नवीकरण अभियान सञ्चालन गर्न तत्काल पार्टी कमिटीको बैठक आव्हान गरेको हो ।
चैतमा अधिवेशन गर्नका लागि आउँदो मंसीरभित्र सदस्य नवीकरण गरिसक्ने केन्द्रको निर्देशनअनुसार जिल्लामा पनि कार्यआरम्भ गर्ने निणर्य भएको नेकपाका अकुर तिमिल्सिनाले जानकारी दिए ।
गाउँपालिका कमिटीको बैठक सम्पन्न भएलगत्तै वडास्तरको र वडास्तरको बैठक सम्पन्न गरेपछि गाउँसेलको बैठक सञ्चालन गर्ने निणर्य भएको उनले बताए ।




