
कार्य सम्पादनमा उत्कृष्ठ गोरखाका ३ कर्मचारीलाई जनसेवा श्री पदक
आफ्नो जिम्मेवारी र काम राम्रो सँग बहन गरेको भन्दै गोरखाका ३ जना कर्मचारी जनसेवा श्री पदकबाट बिभुषित भएका छन् ।
सहायक प्रमुख जिल्ला अधिकारी देवी पाण्डे (खत्री) कृषि ज्ञान केन्द्रकी प्रमुख मनिता थापा जनसेवा श्री (चतुर्थ) र स्वास्थ्य कार्यालय गोरखाका ल्याब टेक्निसियन नारायणबाबु आर्यल जनसेवा श्री (पञ्चम) बाट विभुषित भएका हुन् ।

गत असार महिना अघि गृह मन्त्रालयले उत्कृष्ठ काम गर्ने, समय पालना, कार्य सम्पादनमा जिम्मेवारी भएर लाग्ने कर्मचारीको नाम जिल्ला प्रशासन कार्यालय मार्फत मागेको थियो । प्रमुख जिल्ला अधिकारीले सिफारिस गरेर कर्मचारीको बिवरण पठाईन्छ । गोरखाबाट चार जनाको नाम सिफारिस गरिएको र चार जना नै विभुषित भएको प्रशासन कार्यालयले जनाएको छ । ‘कार्य सम्पादान राम्रो गर्ने कर्मचारीलाई पदकको लागि सिफारिस गर्ने गरिन्छ’ गोरखाका प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले भने ।
सहायक प्रजिअ खत्री गोरखा आएपछि आइशोलेसन ब्यवस्थापन र जिल्ला प्रशासन कार्यालयको काममा सक्रिया भएकि थिईन । कृषि ज्ञान केन्द्रकी प्रमुख मनिता थापाले गोरखा आएपछि कृषिका कार्यक्रम ब्यवस्थित र प्रभावकारी रुपमा अघि बढाएकि छिन् । स्वास्थ्य कार्यालयका टेक्नििसियन नारायणबाबु अर्याल कोभिड १९ को प्रभावाका बिच निरन्तर खटिएर स्वाब संकलन, ब्यवस्थापनमा लागेका छन् ।
संविधान दिबसको अवसर पारेर शनिवार विभुषित हुनेहरुको नाम सार्वजनीक भएको हो । यस अघि गोरखाका प्रहरी प्रमुखको जिम्मेवारीको रुपमा रहेका एसपी ओम अधिकारी पनि जनसेवा श्री (चतुर्थ) पदकबाट विभुषित भएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त पदक प्रदान गर्न भने बाँकी छ । गृह मन्त्रालयका अनुसार देशभर पाँच सय ९४ जनालाई बिभिन्न पदकबाट बिभुषित गरिएको छ ।




