
संविधान दिवसमा विविध कार्यक्रम
छैैटौं औं संविधान दिवसको अवसरमा गोरखामा विभिन्न कार्यक्रम गरिएको छ । जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयले कारागारका कैदीबन्दीलाई फलफुल वितरण गरेको छ ।
जिल्ला समन्वय समितिका अध्यक्ष अशोक गुरुङ, प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराई, प्रहरी उपरीक्षक सुरेन्द्र गुरुङ सहितको टोलीले कैदीबन्दीलाई फलफुल वितरण गरेको हो ।
त्यसैगरि प्रहरी टोलीले प्रशासन कार्यालय, प्रहरी कार्यालय र जिल्ला समन्वय समितिको कार्यालय परिसरमा सरसफाई गरेको छ ।





