| मङ्लबार, जेष्ठ ११, २०८३

शैक्षिक संस्था सञ्चालन नगर्न प्रशासन कार्यालयको निर्देशन

जिल्ला प्रशासन कार्यालयले शैक्षिक संस्था सञ्चालन नगर्न निर्देशन गरेको छ । बिहिबार सूचना जारी गर्दै प्रशासन कार्यालयले कोरोना संक्रमणको प्रभावकारी रोकथाम तथा नियन्त्रणमा सहजता ल्याउनका लागि अर्को सूचना नहुञ्जेलसम्मका लागि शैक्षिक संस्था लगायतका अन्य विभिन्न सेवा सञ्चालन नगर्न निर्देशन गरेको हो ।


शिक्षा मन्त्रालयको निर्देशिका बमोजिम जिल्लाका विद्यालय असोज १ बिहिबारदेखि विद्यालय खुलेका थिए ।

प्रशासन कार्यालयबाट जारी सूचनामा विद्यालय, कलेज, ट्युशन सेण्टर, तालिम केन्द्र, सबै प्रकारका सभा, गोष्ठी, सेमिनार, भेला, प्रदर्शन, सिनेमा हल, पार्टीप्यालेस पनि सञ्चालन नगर्न सूचनामा उल्लेख छ ।


त्यस्तै शैलुन, व्युटीपार्लर, जीमखाना, हेल्थक्लव, पुलहाउस, कवर्ड हल, समूहमा खेलिने खेलकुद, सबै प्रकारका धार्मिक स्थल, पुस्तकालय र संग्रहालय पनि सञ्चालन नगर्न प्रशासन कार्यालयले निर्देशन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्