| आइतवार, कार्तिक २२, २०८३

गोरखा अस्पतालको आइसोलेशनमा ३३ जना


गोरखा अस्पतालले गोरखा क्याम्पसमा संचालन गरेको आइसोलेशनमा अहिले ३३ जना कोरोना संक्रमित उपचाररत रहेको अस्पतालले जनाएको छ । २५ जना पुरुष र ८ जना महिला आइसोलेशनमा रहेको अस्पतालका सुचना अधिकारी कृष्ण ढकालले बताए ।

अहिले सम्म अस्पतालको आइसोलेशनमा भर्ना भएका एक सय २८ बिरामी मध्ये ९१ जना डिस्चार्ज भईसकेका छन् । गोरखा नगरपालिका भित्र केही संक्रमित भने होम हाइसोलेशनमा रहेका छन् ।
गोरखा आस्पतालले कोभिड १९ को संक्रमण पछि संचालन गरेको निशुल्क फिवर क्लिनिकमा ८१ जना महिला र २२० जना पुरुषले सेवा लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्