| आइतवार, कार्तिक २२, २०८३

यसरी डिसइन्फेक्ड गरेर छुटाईँदैछ गोरखा देखि बस

गोरखामा आजदेखि यात्रुबाहक सवारी साधन चल्न थालेको छ । गोरखा भएर काठमाण्डौँ, चितवनका लागि बस छुटाउन डिस्इन्फेक्ड गरिरहेको पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी प्रालीका गोरखा स्थित सेवाप्रदायक कार्यालयका सदस्य बिपिनचन्द्र ढकालले बताए ।


‘हरेक दिन गोरखाबाट छुट्ने यात्रुबाहक बसलाई हामी डिसइन्फेक्ड गछौँ’ उनले भने । गाडी छुट्नु अघि बसपार्कमा डिस्इन्फेक्ड गरेर मात्रै यात्रु चढाईनेछ । चालकलाई भाईजर सहित, मास्क, पञ्जा अनिवार्य गरिरहेको छ भने सह चालकलाई पनि माक्स, पञ्जा अनिवार्य छ । ‘यात्रु पनि सबैलाई मास्क बिना यात्रा गराउँदैनौँ’ उनले भने । मास्क नलगाई गाडी चढ्नेलाई मास्क दिने र भाडामा थप १० रुपैयाँ मास्कको शुल्क लिने समितिले जनाएको छ ।
भाडा भने पहिलेको भन्दा ५० प्रतिशत थप लाग्नेछ । सिट क्षमता ३० भएका गाडीले १५ जना मात्र वा यात्रा गराउन सरकारले ब्यवशायीलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्