
गोरखा अस्पतालको आइसोलेशनबाट २४ जना कोरोना जितेर घर फर्किए
गोरखा अस्पतालले सञ्चालन गरेको गोरखा क्याम्पस आइसोलेशनबाट २४ जना कोरोना जितेर घर फर्किएका छन् । गोरखा नगरपालिका वडा नम्बर ७ का ८ जना, ८ का १ जना, १२ का १ जना र वडा नम्बर १३ का ९ जना रहेका छन् ।
यस्तै पालुङटार नगरपालिका, भिमसेन थापा गाउँपालिका, शहिदलखन गाउँपालिका, अजिरकोट र बारपाक सुलिकोट गाउँपालिकाका १\१ गरी छ ५ जना डिस्चार्ज भएको गोरखा अस्पतालका सुचना अधिकारी कृष्ण ढकालले बताए ।अब आइसोलेशनमा उपचाररत २२ जना रहेको अस्पतालले जनाएको छ ।





