
पहिरो र कोरोना प्रभावित ३० घरधुरीलाई असल छिमेकीको राहत
गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ६ का पहिरो र कोरोनाबाट प्रभावित ३० घर परिवारलाई असल छिमेकी नेपाल पोखराले राहत बितरण गरेको छ । गत साउनमा वर्षात सँगैको पहिरोले घर, खेतवारी साथै पशुपंक्षीमा समेत क्षति पु¥याएपछि समस्यामा परेकाहरुलाई राहत बितरण गरिएको असल छिमेकी नेपालका अनुगमन, मूल्यांकन तथा संचार विभाग प्रमुख दिनेश केसीले बताए ।
नगरपालिका, वडा कार्यालय, नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा गोरखाको समन्वयमा पहिरो प्रभावितलाई खाद्यान्न सामग्री बितरण गरिएको हो । राहत सामाग्री प्रति परिवारकारू दुई हजार ३५ रकम बारबारको उपलब्ध गराइएको थियो । जसमा स्टीम जीरा मसिनो चामल २५ किलोको एक बोरा, रातो दाल २ किलो, नून १ किलो, खानेतेल १ लिटर, केराउ १ किलो र डिटोल साबुन २ वटा सामाग्री रहेको मूल्यांकन तथा संचार विभाग प्रमुख केसीले बताए ।
कोभिड १९ को संक्रमणबाट बच्ने स्वास्थ्य संबन्धी सजगता अपनाई लाभान्वित व्यक्तिलाई मास्क तथा सेनिटाइजर उपलब्ध गराई निर्धारित भौतिक दूरी कायम गरी सोमवार राहत बितरण गरिएको संस्थाले जनाएको छ । वडा अध्यक्ष गोबिन्द बराकोटीले विपद्को समयमा यसरी प्रभावित समुदायलाई राहत सामाग्री सहित उपस्थित भएको असल छिमेकी नेपाललाई धन्यवाद दिँदै आवश्यक परेको खण्डमा थप सहयोग अपेक्षा रहेको बताए ।
असल छिमेकी नेपाल पोखरेली ख्रिष्टियन समुदायले वि सं. २०५९ सालमा सामाजिक कार्य गर्नका लागि स्थापना गरेको एक सामाजिक संस्था हो । गोरखा जिल्लामा २०७२ सालको महाभूकम्पले तहसनहस पारेको कठीन अवस्थामा तत्काल खाद्यान्न तथा लत्ताकपडा, खानेपानी फिल्टर र न्यानो कपडा वितरण गरेको थियो ।
असल छिमेकी नेपालले विभिन्न जीविकोपार्जन तथा स्वास्थ्य पुनस्र्थापनाका कार्यक्रमहरू संचालन ग¥यो । विनाशकारी भूकम्पले क्षतिवक्षत् पारेका ५ स्वास्थ्यचौकी, ४ विद्यालयहरू, वडा कार्यालय र २७० वटा व्यक्तिगत आवास स्थानीय निकाय, राष्ट्रिय पुननिर्माण प्राधिकरणको समन्वयमा पुननिर्माण गरी हस्तान्तरण गरिसकेको छ ।
अहिले असल छिमेकी नेपाल पोखराले स्थानीय सरकारको आर्थिक साझेदारीमा गाउँघर क्लिनिक र अन्यभौतिक संरचन निर्माणको काम गरिरहेको जनाएको छ ।




