
पालुङटारमा ७ र गोरखा नगरपालिका भित्र २ जना कोरोना संक्रमित थपिए
गोरखाको पालुङटार नगरपालिकामा आज सात जना कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियनत्रण कार्यक्रमका प्रवक्ता डाक्टर बिनोदबिन्दु शर्माका अनुसार पालुङटार नगरपालिका वडा नम्बर १ मा १४,१३,१९,२५ र १३ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस्तै सोही वडाको १५ वर्षिय महिलालाई पनि कोरोना देखिएको छ । पालुङटार वडा नम्बर ६ मा ५५ वर्षिय पुरुष संक्रमित भएका छन् ।
यस्तै गोरखा नगरपालिका वडा नम्बर १३ मा २९ वर्षिय महिला र ५२ वर्षिय पुरुषलाई कोरोना पुष्टि भएको हो । उनीहरुलाई आइसोलेशनमा राखेर उपचार गर्ने तयारी भईरहेको स्थानीय तहहरुले बताएका छन् ।




