| मङ्लबार, साउन ११, २०८३

नारायणकाजी श्रेष्ठ

कोरोनाका कारण समस्यामा परेकालाई सहयोग गर्न नारायणकाजीको स्वयं सेवा अभियान

नेपाल कम्यूनिष्ट पार्टीका प्रबक्ता एवं राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले कोभिड १९ (कोरोना) को प्रभावका कारण समस्यामा परेकालाई सहयोग गर्ने अभियान सुरु गरेका छन् ।
श्रेष्ठको नीजि सचिवालय अन्तर्गत रहने गरी कोभिड १९ भोलेन्टियर सर्भिस गठन गरिएको हो । स्वयं सेवा नाम दिइएर गठन गरिएको उक्त समितिले उपचार, उद्धार, मनोसामाजिक परामर्श, अपातकालिन स्वास्थ्य परामर्श, आप्रवासी श्रमिक उद्धार तथा सुरक्षित फिर्तीमा सहयोग गर्ने जनाएको छ । यस्ता सहयोग चाहिने ब्यक्तिले सिधै सचिवालयमा वा बिभिन्न ठाउँका ब्यक्तिलाई सम्पर्क गर्न सक्ने भन्दै सचिवालयले जनाएको छ । cvs.nkss@gmail.com मा सम्पर्क गर्न सकिनेछ ।

सहजीकरण, सहयोग तथा समन्वयको आवश्यकता परेमा कार्यालयको इमेल ठेगाना cvs.nkss@gmail.comमा तथा निम्न लिखित cvs सदस्यहरुलाई सम्पर्क गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्