
दुई जनालाई कोरोना देखिएपछि बारपाक सुलिकोटको ३ र ४ नम्बर वडा बन्द
बारपाक सुलिकोट गाउँपालिकामा शुक्रबार दुई जनामा कोरोना संक्रमण पुष्टि भएसँगै वडा नम्बर ३ र ४ को कार्यालय सहित स्थानीय बजार बन्द गरिएको छ । जोखिम न्यूनिकरण र संक्रमण फैलिन नदिन सौरपानी क्षेत्रमा ब्यापारीक गतिविधि बन्द गरिएको गाउँपालिका अध्यक्ष विष्णु भट्टले जानकारी दिए ।
सौरपानीमा ब्यवसाय सञ्चालन गर्दै आएका ३२ वर्षिया एक पुरुष र ५० वर्षकी एक महिलामा कोरोना देखिएसंगै निषेधाज्ञा जारी गरिएको गाउँपालिकाले जनाएको छ ।
गोरखा नगपालिका ७ मा कोरोना संक्रमण देखिएका ब्यक्तिको सम्पर्कमा रहेको आशंकामा भदौ २३ गते उनिहरु सहित ५६ जनाको स्वाब संकलन गरिएको थियो । अझै केहीको रिपोर्ट आउन बाँकी रहेकाले सचेत रहन गाउँपालिकाले स्थानीयलाई अनुरोध गरेको छ ।




