| मङ्लबार, साउन ११, २०८३

प्रजिअका सुरक्षामा खटिएका दुई सुरक्षाकर्मीसहित ६ जना संक्रमित थपिए


प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईको सुरक्षामा खटिएका दुई सुरक्षाकर्मी सहित ६ जनालाई शुक्रवार कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा जिल्ला प्रशासन कार्यालयमा खटिएका २७ र ३६ वर्ष दुई सुरक्षाकर्मीलाई कोरोना पुष्टि भएको हो ।

शुक्रबार नै गोरखा नगरपालिका ६ पाटेचौरका ४९ वर्षिय एक पुरुषलाई पनि संक्रमण पुष्टि भएको छ । यी कन्ट्याक्ट ट्रेसिङमा कोरोना पुष्टि भएकाहरु हुन् ।


यस्तै शुक्रवार गोरखा नगरपालिका वडा नम्बर ६ प्रशासन एरियाकी ३३ वर्षीय एक महिला, बारपाक सुलीकोट गाउँपालिकाका ३२ बर्षीय महिलामा र ५० बर्षका पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।

चितवन मेडिकल कलेजको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उनीहरुलाई कोरोना पुष्टि भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका डाक्टर बिनोदबिन्दु शर्माले जानकारी दिए । तनहुँको आँबुखैरेनी ३ का ५१ वर्षिय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
शुक्रवार थपिएका सँगै गोरखामा कोरोना संक्रमितको संख्या एक सय ९५ पुगेको छ भने अहिले सक्रिय संक्रमित ६४ जना उपचाररत आइशोलेसनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्