| बुधबार, असार ९, २०८३

गोरखा नगरपालिकामा निषेधाज्ञा ३१ गते सम्म थपियो

गोरखा नगरपालिकामा निषेधाज्ञा भदौ ३१ गते सम्म थपिएको छ । पछिल्लो पटक आज राती १२ बजे सम्मका लागि कायम रहेको निषेधाज्ञा गोरखा नगरपालिका क्षेत्रमा कोरोना संक्रमित बढेको र कन्ट्याक्ट ट्रेसिङको रिपोर्ट आउन बाँकी रहेकाले निषेधाज्ञा थपिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
कोभिड १९ नियन्त्रण रोकथाम ब्यवस्थापन केन्द्र (सिसिएमसी)को आज भएको भर्चुअल बैठकले तत्कालका लागि निषेधाज्ञा कायम राख्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयका सुचना अधिकारी हर्क रोकाले बताए ।

खाद्यान्न, औषधी पसल बाहेकका अन्य पसल बन्द रहनेछ भने सरकारी कार्यालयको सेवा, यातायात पनि पूर्ण रुपमा बन्द रहने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्