| बुधबार, असार ९, २०८३

गोनपा, अजिरकोट र भिमसेनमा तीन जना कोरोना संक्रमित थपिए

गोरखामा ३ जना कोरोना संक्रमित थपिएका छन । गोरखा नगरपालिका वडा नम्बर ६ कि ३३ वर्षिय एक महिला, अजिरकोट गाउँपालिका २ का ७८ वर्षिय महिला र भिमसेन थापा गाउँपालिका ३ का ४३ वर्षिय महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।


चितवन मेडिकल कलेज चितवनको प्रयोगशालामा गरीएको परीक्षणका क्रममा उनीहरुलाई कोरोना पुष्टि भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका डाक्टर बिनोदबिन्दु शर्माले जानकारी दिए ।

नवलपरासी र तनहुँ सहित तीन जिल्लामा १० जना संक्रमित थपिएका छन् । तनहुँको आँबुखैरेनी ३ का ५१ वर्षिय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्