
बन्दै गरेको खानेपानी आयोजनाको ट्याङ्की पहिरोले भत्कियो
गोरखाको बारपाक सुलिकोट गाउँपालिका २ मान्द्रे बारपाकमा बन्दै गरेको खानेपानी आयोजनाको टंकी पहिरोले भत्काएको छ । २० घरधुरीलाई खानेपानी पु¥याउने उद्देश्यले निर्माण गरिएको आयोजनाका हिलटेल पहिरोले भत्काएको स्थानीय यमबहादुर गुरुङले बताए ।
जोमार, मान्द्रे खानेपानी आयोजना खानेपानी तथा सरसफाई डिभिजन कार्यालय गोरखाका २० लाख लागतमा गतबर्षदेखि निर्माण सुरु भएको हो । उक्त आयोजनामा बजेट कम भएपछि यस बर्ष सिध्याउने गरी काम अगाडि बढिरहेको डिभिजन कार्यालयले जनाएको छ । पहिराले भत्किएको ट्याङ्कीलाई पुन निर्माण गरेर पानी चलाइने डिभिजन प्रमुख प्रमुख तुल्सी बस्नेतले बताए ।




