
धार्चेमा ३२ परिवारलाई खरायो बितरण
गोरखाको धार्चे गाउँपालिकाले ३२ घरधुरीलाई खरायो बितरण गरेको छ । बिपन्न, जेष्ठ नागरिक, एकल महिला र अपाङ्गता भएका लक्षित बर्गका लागि खरायो बितरण गरिएको गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले बताए ।
पूर्णिमा परियोजना अन्र्तगत प्रतिब्यक्ति दुई वटा पोथी र एउटा भाले गरी ९६ वटा बितरण गरिएको छ । एक लाख ९२ हजार रुपैयाँमा धार्चेबाटै खरायो खरिद गरेर परियोजनाले जिविकोपार्जनमा मद्धत गर्ने उद्देश्यले बितरण गरेको जनाएको छ ।
चिन्चिला र अङ्खोरा जातको खरायो मासु खानका लागि पनि उपयुक्त हुने र बजारमा माग अनुसार आपूर्ती नभएकाले धार्चेको खरायोले बजार पाउने अपेक्षा गाउँपालिकाको छ ।
उक्त खरायो उनको लागि पनि प्रख्यात मानिन्छ । एउटा खरायोले छ देखि १० वटा बच्चा पाउने र उत्पादन छिटो हुने भएकाले गाउँपालिकाको अनुरोध बितरण गरिएको अध्यक्ष गुरुङले बताए ।
बितरण कार्यक्रममा फेज नेपालका तुलराम कार्की, पशु शाखाका कर्मचारी लगायतको उपस्थिती रहेको थियो ।




