
बारपाकमा पहिरोले एक घर बग्यो, ३ वटा घर जोखिममा
भुकम्पको केन्द्रबिन्दु गोरखाको बारपाकमा पहिरोले एउटा घर बगेको छ । बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर २ कि सुममाया गुरुङको घर बस्न नमिल्ने गरी भत्किएको स्थानीय यम गुरुङले जानकारी दिए ।
उनको घरको किचन, खरायोको खोर पहिरोले भत्काईसकेको र उनको परिवार आफन्तकहाँ बसिरहेका छन् । पहिरोकै कारण लालबहादुर गुरुङ, सुनबहादुर गुरुङको घर र स्नान मण्डकी चर्चको भबन जोखिममा परेको उनले बताए ।
३ वटा भेडाको गोठ पनि खतरामा छ । वर्षात बारम्बार भईरहेकाले पहिरो जाने खतरा रहेको र स्थानीय जोखिममा बस्न बध्य भएको गुनासो गरेका छन् ।




