
गोरखा क्याम्पस आइसोलेशनका पाँचजना कोरोनामुक्त
दराैँदी समाचारदाताः गोरखा क्याम्पसको आइसोलेशनमा उपचाररत पाँचजना आज कोरोनामुक्त भएका छन् । उनीहरुलाई आजै आइसोलेशनबाट घर पठाइएको गोरखा अस्पतालले जानकारी दिएको छ ।
डिस्चार्ज हुनेहरुमा गोरखा नगरपालिका ६ का एकजना, वडा नं .१० का एक जना र वडा नं. १३ का तीनजना रहेको सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिए ।




