| मङ्लबार, जेष्ठ ११, २०८३

गोनपा ७ मा मेडिकल बाहेक सबै बन्द

आज एकै दिन १२ जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएपछि गोरखा नगरपालिका वडा नम्बर ७ मा मेडिकल, औषधी पसल बाहेक सबै बन्द गरिएको छ । वडा अध्यक्ष विष्णु प्रसाद श्रेष्ठ सहित जनप्रतिनिधिको उपस्थितीमा भएको बैठकले आजैदेखि औषधी पसल, मेडिकल, अस्पताल बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको वडा सचिव सरस्वती अधिकारीले बताईन ।

बैठकले पिसिआर परीक्षणको दायरा बढाउने, संक्रमित भेटिएको ठाउँमा आउजाउमा प्रतिबन्ध गर्ने, सुरक्षा निकाय सँग समन्वय गरेर निग्रानी बढाउने निर्णय गरेको छ । उक्त वडामा शनिवार एक महिलाको मृत्यू भएको र मृतकलाई कोरोना पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्