| मङ्लबार, जेष्ठ ११, २०८३

गोरखामा १८ जना कोरोना संक्रमित थपिए

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका अनुसार गोरखामा १८ जना कोरोना संक्रमित थपिएका छन् । कन्ट्याक्ट ट्रेसिङ गरिएकाहरुको पिसिआर रिपोर्ट आईतवार राती पोजेटिभ आएको गोरखा नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

थपिएका मध्ये सबैभन्दा धेरै गोरखा नगरपालिका वडा नम्बर ७ का छ जना महिला छ जना पुरुष सहित १२ जना रहेका छन् । गोरखा नगरपालिका भित्रकै वडा नम्बर ८ का एक पूरुष, छन् । बाँकी तीन जना संक्रमितको वडा भने नखुलेको नगरपालिकाका जनस्वास्थ्य निरिक्षक निश्चल अर्यालले बताए ।

यस्तै पालुङटार नगरपालिकामा एक महिला र एक पुरुष गरी दुई जनालाई संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्