
गाेरखामा ३ जना काेराेना संक्रमित थपिए
दराैँदी समाचारदाताः आइतबार गोरखाका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र, पोेखरा गरिएको परिक्षणमा आरुघाट गाउँपालिका वडा नं ६ का २८ वर्षका पुरुष र पालुङटार नगरपालीका वडा नं ६ का ३८ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय पोखरा, गण्डकी प्रदेशले प्रेश विज्ञप्तिमा उल्लेख गरेको छ ।
उक्त दुवै जना कन्ट्याक्ट टे्रसिङका क्रममा लिइएको नमुना परीक्षणका क्रममा संक्रमण पुष्टि भएको डा. विनोद विन्दु शर्माद्वारा जारी प्रेश विज्ञप्तिमा उल्लेख रहेको छ ।
साथै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा स्वाब परिक्षण्का क्रममा गोरखाकै भिमसेनाथापा गाँउपालिका वडा नं ७ का एक पुरुषमा पनि कोरोना पुष्टि भएको छ ।




