
गोरखा अस्पतालको इमर्जेन्सी सुचारु
शनिवार दिउँसोदेखि बन्द रहेको गोरखा अस्पतालको इमर्जेन्सी कक्ष शनिवार राती ८ः३० बजेदेखि खुलेको छ । गोरखा अस्पतालका अनुसार इमर्जेन्सी कक्षलाई डिसइन्फेक्ड गरेर खुल्ला गरिएको हो ।
उपचाररत ७५ वर्षिय एक महिलाको मृत्यूको कारण कोभिड १९ हुन सक्ने आशंकामा इमर्जेन्सी बन्द गरिएको थियो । उपचारमा खटिएका स्वास्थ्यकर्मीको ब्यवस्थापन समेत भईरसकेकाले सेवा सुचारु गरिएको अस्प्तालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डाक्टर नबिन थापाले बताए ।




