
गोरखा अस्पतालमा मृत्यू भएकी महिलाको आफन्तलाई शुक्रवार कोरोना पोजेटिभ
गोरखा अस्पतालमा उपचारका क्रममा मृत्यू भएकी गोरखा नगरपालिका ७ कि ७५ वर्षिय महिलाको आफन्तलाई शुक्रवार कोरोना पुष्टि भएको थियो ।
गोरखा नगरपालिकाले प्रदेश प्रयोगशाला पठाएको स्वाब परीक्षणका क्रममा शुक्रवार मृतक महिलाको परिवारका सदस्यालाई कोरोना पुष्टि भएको हो । परिवारका सदस्यबाट मृतक महिलामा पनि संक्रमण सरेको हुन सक्ने आशंका गरिएको छ ।
उनमा भने कोभिडको लक्षण भन्दा पनि अचेत अवस्थामा उपचार गराउन पुगेकाले अस्पतालले हतार हतार उपचार गरेको थियो । अन्ततः महिलाको मृत्यू भएपछि उपचारमा खटिएका स्वास्थ्यकर्मी मृतकको रिपोर्ट नआउँदा सम्म इमर्जेन्सी सेवा बन्द गरेर क्वारेन्टिन बस्ने भएका छन् ।




