| आइतवार, कार्तिक २२, २०८३

गोरखामा पनि कोरोना संक्रमित होम आइशोलेसन बस्न पाउने

शुक्रवार बसेको सिसिएमसीको बैठकले जिल्लामा स्तरीय आइशोलेसन बेड कम रहेको र संक्रमितको संख्या बढ्दै गएपछि लक्षण नदेखिएका संक्रमितलाई होम आइशोलेसनमा बस्न दिने निर्णय गरेको छ ।

शुक्रवार जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले वडा अध्यक्ष वा निजले तोकेको प्रतिनिधि,टोल बिकास समितिका प्रतिनिधि, संम्बन्धित पालिकाले तोकेको स्वास्थ्यकर्मीको सिफारिसमा होम आइशोलेसन बस्न दिने निर्णय गरेको हो ।

होम आइशोलेसनमा बस्न चाहने ब्यक्तिले नेपाल सरकारले तोकेको मापदण्ड भित्र घरमै आइशोलेसनमा बस्न सक्ने अवस्था हुनुपर्ने र भए नभएको बारे तीन सदस्यिय समितिले अवलोकन गर्ने प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले बताए । उक्त विषयमा सबै पालिकालाई जानकारी गराउने निर्णय बैठकले गरेको छ ।

साथै बैठकले यस अघि गोरखाका ११ वटै स्थानीय तहमा कम्तीमा १०, १० वेड क्षमताको आइशोलेसन बनाउने निर्णय कार्यन्वयनका लागि स्थानीय तहलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्