
सिसिएमसी बैठकले तोक्यो २६ गते सम्म नगरपालिका क्षेत्रमा के खुल्छ के खुल्दैन (बिवरण सहित)
कोरोना भाईरस रोकथाम नियन्त्रण र ब्यवस्थापन संम्बन्धि जिल्ला स्तरीय सिसिएमसीको बैठकले गोरखा नगरपालिका क्षेत्रमा कोरोना संक्रमित बढेपछि शनिवार १२ बजे देखि निषेधाज्ञा जारी गरेको छ । २६ गते सम्म निषेधाज्ञा रहिरने प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले बताए ।
निषेधाज्ञाको समयमा कुन क्षेत्र खुल्ने कुन नखुल्ने भन्ने प्रशासन कार्यालयले यकिन गरिसकेको छ । शुक्रवार जिल्ला प्रशासन कार्यालयमा भएको बैठकले निम्न अनुसार निर्णय गरेको छ ।
निर्माण सामग्री, औषधी, पशुपन्छी, दाना बोक्ने सवारी साधन लगायत अत्याबश्यक बाहेक गुड्न नपाउने ।
सरकारी कार्यालय, स्थानीय तह, सार्वजनीक संस्थान, बैंक तथा बित्तिय संस्थाले अत्यावश्यक बाहेकका सेवा गर्ने ।
खाद्यान्न, फलफुल, औषधी, तरकारी, इन्धन बाहेक बिक्री बितरण गर्न नपाईने ।




