
गोरखा जिल्लाभर आज २२ जना कोरोना संक्रमित थपिए
गोरखा नगरपालिका वडा नम्बर १३ मा १४ जना, वडा नम्बर ६ मा २, वडा नं.७ मा ३, वडा नं.८ मा १, शहिदलखन गाउँपालिकामा १ र अजिरकोट गाउँपालिकामा १ गरी २२ जना कोरोना संक्रमित थपिएका छन् ।
एकै दिन २२ जना संक्रमित थपिएपछि स्थानीयमा त्रास बढेको छ । गोरखा नगरपालिका १३ मा कोरोनाका कारण एक पुरुषका मृत्यू भएयता ३० जनालाई संक्रमण पुष्टि भएको छ ।
आज नै वडा नम्बर ६ मा ३ वर्षिय बालिकालाई कोरोना पुष्टि भएको हो ।




