
मानवसेवा आश्रमद्वारा ७ वर्षिय बालकको उद्वार
मानव सेवा आश्रम गोरखाले गोरखा नगरपालिका १० छेवेटार बाट बुधवार एक बालकको उद्वार गरेको छ ।
घरेलु मजदुरको रुपमा काम गर्दै आएका ७ वर्षिय भिमराज लामा नाम बताउने बालकलाई उद्वार गरिएको आश्रमकी मुना लामाले बताईन ।
बाबु आमाको साहरा बिना रहेका ति बालकलाई बेवारिसे भेटिएपछि वडा अध्यक्ष देवीबहादुर बस्नेत र स्थानीय सम्झना कुँवर बस्नेतको सहयोगमा उद्वार गरेर आश्रममा ल्याइएको उनले बताईन ।
बालक आश्रमको संरक्षणमा रहनेछन् ।




