| आइतवार, कार्तिक २२, २०८३

पिसिआरका लागि गोरखा नगरपालिकामा भित्र २८ जनाको स्वाब संकलन

कोरोना संक्रमितको संख्या नगरपालिका क्षेत्रमा एकाएक बढेपछि गोरखा नगरपालिकाले कन्ट्याक्ट ट्रेसिङ बढाएको छ ।

बुधवार नगरपालिकाले वडा नम्बर १२ का छ जना, १३ का १८ जना, मझवा नाकाको होल्डिङ सेन्टरमा रहेका दुई र क्वारेन्टिनमा खटिएका दुई प्रहरीको स्वाब लिइएको स्वास्थ्य शाखाले जनाएको छ ।

‘कन्ट्याक्ट ट्रेसिङ अहिले सम्मको लगभग सकियो’ स्वास्थ्य शाखा प्रमुख इश्वर रेग्मीले भने । बुधवार स्वाब लिइएका मध्ये ८ जना महिला र २० जना पुरुष छन् । रिपोर्टका आधारमा ट्रेसिङ गर्दै जाने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्