
सुलिकोटमा टावर बनेको एक वर्षसम्म संचालनमा आएन
गोरखाको बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर ३ रातमाटेमा नेपाल टेलिकमको टावर निर्माण भएको एक वर्षसम्म संचालनमा आउन सकेको छैन । मोवाईल टावर संचालनमा नआउँदा त्यस क्षेत्रमा सेवा लिन समस्या भएको स्थानीय सोनु मगरले बताइन ।
स्थानीयले गोरखा स्थित नेपाली टेलिकमको कार्यालयमा बारम्बार टावर संचालन गरिदिन अनुरोध गर्दा बेवास्ता गरेको गुनासो गरेका छन् । गोरखाको दुर्गम गाउँमा टावर बनेर पनि लामो समयसम्म चल्न सकेको छैन ।
नेपाल टेलिकमको गोरखास्थित कार्यालयले नवनिर्मित टावरसम्म विद्युत आपूर्ति नहुदाँ संचालनमा ल्याउन नसकिएको जनाएको छ । ‘अहिले टावरमा बिजुली जोड्ने काम भईरहेको छ । केही समय ढिला भएको हो, छिट्टै सञ्चालनमा आउँछ’, टेलिकमका प्रमुख चन्द्रहादुर श्रेष्ठले भने ।
लघु जलद्यिुतबाट टावर चल्ने क्षमता नभएकाले तत्काल चलाउन नसकेको उनले बताए । ‘निरन्तर हामी स्थलगत अध्ययन गरिरहेका छौँ’ प्रमुख श्रेष्ठले भने ‘अब धेरै दिन लाग्दैन ।’




