| आइतवार, कार्तिक २२, २०८३

गोरखामा २० जना कोरोना संक्रमित आइशोलेसनमा उपचार गराउँदै

सोमवार गोरखामा थपिएका चार सहित अहिले २० जना आइशोलेसनमा उपचाररत छन् । त्यसयता जिल्ला भित्र रहेकामा संक्रमण थपिएको रिपोर्ट आएको छैन । अझै चार सय भन्दाबढिको पिसिआर रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

आइशोलेसनमा रहेका १८ जना गोरखा नगरपालिका भित्रका, एक पालुङटार नगरपालिकाका र एक जना गोरखा अदालतमा हाँजिर हुन आएका कर्मचारी रहेका छन् ।

वडा नम्बर १३ मा संक्रमितको संख्या १४ पुगेको छ भने जिल्लाभर सक्रिया संक्रमित २० जना रहेका छन् । उनीहरुको गोरखा क्याम्पस आइशोलेसनमा उपचार भईरहेको गोरखा अस्पतालका सुचना अधिकारी कृष्ण ढकालले बताए ।

सबैभन्दा धेरै गोरखा नगरपालिका भित्र गरिएको कन्ट्याक्ट ट्रेसिङ र नमुना संकलनको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालयका सुचना अधिकारी न्यौपानेले बताए ।

 

प्रतिक्रिया दिनुहोस्