| आइतवार, कार्तिक २२, २०८३

गोनपा १३ का एक सय एक जनाको पिसिआर रिपोर्ट नेगेटिभ

केहीदिन यता एकै वडामा १४ जना कोरोना संक्रमित भेटिएको गोरखा नगरपालिका १३ मा आज एक सय एक जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।

समुदायमा कोरोना फैलिएको आशंकामा गोरखा नगरपालिकाले गत भदौ १० गते परीक्षण गरेको एक सय १३ जनाको स्वाब लिएर पिसिआर जाँच गरिएको थियो ।

रामशाहटोल, दराई गाउँ, फेदीबजारका स्थानीयको रिपोर्ट नेगेटिभ आएको हो ।

अब उक्त वडामा सोमवार स्वाब लिइएका ४६ जनाको रिपोर्ट आउन बाँकी रहेको वडा अध्यक्ष हरि खनालले बताए ।

प्रतिक्रिया दिनुहोस्