| आइतवार, कार्तिक २२, २०८३

आरुखर्क क्लब भलिबलको फाईनलमा

गोरखाका ८ भनिएका मध्ये २ जना हिजै पोजेटिभ, ६ जना काठमाण्डौँमा बस्ने

स्वास्थ्य मन्त्रालयले नियमित प्रेस ब्रिफिङमा आज गोरखाका ८ जनालाई कोरोना संक्रमण देखिएको डाक्टर जागेश्वर गौतमले जानकारी गराए । ८ मध्ये ६ जना काठमाण्डौँमा बस्दै आएका छन् ।

पाँच जना नेपाली सेनामा कार्यरत गोखर्खाली रहेको र एक जना एक वर्षदेखि गोरखा नफर्किएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
बाँकी दुई जनाको रिपोर्ट सोमवार नै आएको थियो ।

गोरखा नगरपालिका वडा नम्रब १२ र ६ का एक/एक जनालाई मन्त्रालयले आजको तथ्याङ्कमा राखेको हो । अहिले सम्म आज गोरखामा कुनै केस थप नभएको स्वास्थ्य कार्यालयका सुचना अधिकारी राजुरमण न्यौपानेले बताए ।

प्रतिक्रिया दिनुहोस्