
रित्तिएको गोरखाको आइशोलेसनमा संक्रमित बढ्दो, अहिले २० जना उपचार गराउँदै
एक साता अघि गोरखा अस्पतालले संचालन गरेको गोरखा क्याम्पस आइशोलेसन रित्तिने अवस्थामा पुगेको थियो ।
दुई जना बाँकी रहेका आइशोलेसनमा एकाएक कोरोना संक्रमित बढेपछि अहिले २० जना उपचाररत छन् । चार जना महिला र १६ जना पुरुष अहिले आइशोलेसनमा छन् ।
गोरखा नगरपालिका वडा नम्बर १३ का १४ जना, ८, ६, १०, १२ का एक/एक जना गरी चार जना छन् ।
गोरखा अदालतमा सरुवा भएर आएका एक कर्मचारी र पालुङटार नगरपालिकाका एक जना सहित २० जना रहेका गोरखा अस्पतालका सुचना अधिकारी कृष्ण ढकालले बताए ।
उनीहरुको उपचारमा गोरखा अस्पतालका स्वास्थ्यकर्मी नियमित खटिएको उनले जानकारी दिए ।




