
गोरखा नगरपालिका सहित सबै वडाको सेवा बन्द
गोरखा नरपालिका भित्र एकै दिन आईतवार १२ जनालाई कोरोना संक्रमण पुष्टि भएपछि नगरपालिकाले पाँच वटा वडा सिल गरेको छ ।
वडा नम्बर १०, ११, १२, १३, र १४ नम्बर वडामा ब्यापार ब्यवशाय लगायत सबै सेवा बन्द गर्न नगरप्रमुख राजनराज पन्तले स्थानीयलाई अनुरोध गरेका छन्।
‘थप कन्ट्याक्ट ट्रेसिङ गरेर स्थितिलाई समान्य अवस्थामा ल्याउन अर्को सुचना नभएसम्म गोरखा नगरपालिका कार्यालय र सम्पूर्ण वडा कार्यालयको सेवा समेत बन्द रहने ब्यहोरा नगरबासीमा अनुरोध छ’ नगरप्रमुख पन्तद्वारा जारी बिज्ञप्तीमा भनिएको छ ।
साथै यस अवस्थामा नआत्तिन, नडराउन र धैर्यताका साथ सुरक्षित भएर बसिदिन नगरबासीमा गोरखा नगरपालिकाले अनुरोध गरेको छ । अनावस्यक घर बाहिर ननिस्कन, मास्क प्रयोग गर्न, अत्यावश्यक काममा सामाजिक दुरी, सुरक्षाका मापदण्डमा ध्यान दिन समेत नगरप्रमुख पन्तले अनुरोध गरेका छन् ।





