
गोरखा नगरपालिका १३ का १० जना र छेवेटारका १ जनालाई कोरोना संक्रमण
गोरखा नगरपालिका वडा नम्बर १३ का १० जना र गोरखा नगरपालिका १० छेवेटारका १ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
गोनपा १३ मा तीन जना महिला र सात जना पुरुषलाई संक्रमण देखिएको हो । संक्रमित हुनेमा ३८, ४३, ४५, ३२,२३,४३, ३० वर्ष उमेरका पुरुष छन् भने ५, ७५ र २५ वर्षका महिला छन् । गोनपा १० मा संक्रमण पुष्टि भएका ५५ वर्षिय पुरुष छन् ।
प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा उनीहरुलाई कोरोना भएको पुष्टि भएको हो । आज मात्रै यस अघि गोरखा नगरपालिका ८ रानिबन का एक पुरुषमा पनि संक्रमण पुष्टि भएको थियो ।
यो सँगै गोरखा नगरपालिकामा कोरोना पुष्टि हुने आज मात्रै १२ जना पुगेका छन् ।




