| सोमवार, कार्तिक २३, २०८३

भोलीबाट गोरखामा के खुल्छ, के खुल्दैन ! (सुची सहित)

आईतवारको जिल्ला स्तरीय सिसिएमसीको बैठकले निम्न अनुसारको निर्णय गरेको छ ।भदौ १५ गते सोमवार देखि निम्न अनुसारका क्षेत्र संचालन गर्न पाउने/नपाउने निर्णय भएको छ ।

  • ब्यूटिपार्लर, सैलुन, जिमहल, कवर्डहल होटल तथा रेष्टुरेन्ट संचालन गर्न नपाईने ।
  • रातो प्लेटका निजी सवारी साधन निजी काममा सवारी धनीले मात्र प्रयोग गर्न पाउने तर भाडामा यात्रु ओसार पोसार गर्न नपाउने ।
  • भाडाका प्लेटका गाडी नचल्ने ।
  • सिमा नाकामा नियमित कडाई गर्ने । र आएका ब्यक्तिहरुको अभियलेख र सवारी बिवरण राख्ने ।
  • बैंक तथा बित्तिय संस्था नियमित संचालन हुने ।
  • उद्योग तथा कलकारखाना संचालन हुन पाउने ।
  • अन्तर जिल्ला ढुवानी मल, दाना, कुखुरा, औषधी, फलफुल तथा तरकारी अत्यावश्यक बस्तु र बिरामी बोकेका सवारी मात्र संचालन हुन पाउने निर्णय गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्