
चितवनमा कोरोनाबाट आज पनि एक जनाको मृत्यू, ५ जनाको भेन्टिलेटरमा उपचार हुँदै
चितवनको चितवन मेडिकल कलेज भरतपुरमा कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ ।
भरतपुर महानगरपालिका वडा नं. १० निवासी ५२ वर्षका पुरुषको उपचारको क्रममा आइतबार दिउँसो साढे १ बजे मृत्यु भएको हो ।
उनी निमोनियाका बिरामी थिए । भदौ ४ गते अस्पतालमा भर्ना भएका उनलाई ७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
अस्पतालमा अहिले ५ जना कोरोना संक्रमित भेन्टिलेटरमा उपचाररत छन् । चितवनमा मृत्यु हुने कोरोना संक्रमितको संख्या योसहित ११ पुगेको छ । जसमा चितवनका ५ जना, मकवानपुरका ३, गोरखा र कैलाली र बारा निजगढका एक/ एक जना छन् ।




