
छिमेकी पालिकामा कोरोना संक्रमित बढेपछि आरुघाटमा पुल बन्द
आरुघाट सँगै जोडिएको धादीङको त्रिपुरा सुन्दरी गाउँपालिकामा कोराना संक्रमित थपिएसँगै आरुघाटका स्थानीयले पुल बन्द गरेका छन् ।
गोरखा तर्फको आरुघाट बजार र धादीङ तर्फको बजार जाने झोलुङेपुलमा स्थानीयले बार लगाईदिएका छन् ।
त्रिपुरा सुन्दरी गाउँपालिकामा शुक्रवार मात्रै ८ जनामा कोरोना संक्रमण देखिएपछि स्थानीयमा त्रास बढेको छ ।
पुलमा भाँजो लगाईदिएपछि पैदल हिड्न समेत कठिन छ । अस्पताल आउजाउ गर्न समेत कठिन भएको गुनासो केही स्थानीयको छ ।
फोटो : आरुघाट न्यूज फेसबुक




