| आइतवार, कार्तिक २२, २०८३

फेरी थपिए गोरखामा कोरोना संक्रमित, भरतपुर गएका २ महिलालाई संक्रमण

भरतपुर उपचार गराउन गएका गोरखाका ३६ र ३२ वर्षका दुई जना महिलालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

गोरखाका दुई जना महिला सहित भरतपुर अस्पतालमा २६ जना कोरोना संक्रमित थपिएका छन् ।

भरतपुर अस्पताल कोभिड १९ परीक्षण प्रयोगशालाकी प्रमुख डा.नीतु अधिकारीका अनुसार शुक्रवार राती गरिएको परीक्षणमा उक्त रिपोर्ट आएको हो ।
प्रयोगशालाको बिज्ञप्तीमा गोरखा कहाँका संक्रमित हुन् भन्ने उल्लेख गरिएको छैन । स्वास्थ्य कार्यालय गोरखाले बिवरण आज मात्रै आउने जनाएको छ ।

अस्पतालले शुक्रबार २७५ वटा नमूनाको पीसीआर विधिबाट परीक्षण गरेको थियो। जसमा २४९ मा कोरोना परीक्षण नेगेटिभ देखिएको थियो।

प्रतिक्रिया दिनुहोस्