| आइतवार, कार्तिक २२, २०८३

गोरखा नगरपालिका भित्रका तीन सय ४५ जनाको पिसिआर रिपोर्ट आउन बाँकी

गोरखा नगरपालिका भित्र शुक्रवार एक सय १४ जनको पिसिआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ ।

गोरखा नगरपालिका वडा नम्बर १० छेवेटारकी एक महिलालाई कोरोना संक्रमण देखिएपछि उनको नजिक सम्पर्कमा रहेका ३२ जनाको कन्ट्याक्ट ट्रेसिङ गरिएको नगरपालिका स्वास्थ्य शाखाका निश्चल अर्यालले बताए ।

शुक्रवार नै वडा नम्बर ११ र १२ मा ८२ जनाको स्वाब संकलन गरिएको छ ।

यस अघि बुधवार एक सय ९१ जना र मंगलवार ४० जनको पिसिआर जाँचका लागि स्वाब संकलन गरिएको थियो ।

नगरपालिका भित्र स्वाब संकलन गरेर पठाइएका मध्ये तीन सय ४५ जनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य शाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्