| आइतवार, कार्तिक २२, २०८३

छेवेटारकी कोरोना संक्रमित महिलाले जुम्ल्याहा छोरा जन्माईन, अवस्था सामान्य

गोरखा नगरपालिका १० छेवेटारकी कोरोना संक्रमित ३७ वर्षिया महिलाले जुम्ल्याहा छोरा जन्माएकि छिन् । चितवन स्थित भरतपुर अस्पतालमा उपचार गराउन गएकी महिलामा भदौ १० गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

‘उहाँको शल्यक्रियाको समय भदौ १२ गते थियो, हामीले आज सफल शल्यक्रिया ग¥यौँ’ अस्पतालका सिनियर कन्सल्टेन्ट डाक्टर रामप्रसाद सापकोटाले भने ‘अहिले बच्चा र आमाको अवस्था सामान्य छ ।’ शुक्रवार दिउँसो उनको शल्यक्रिया भएको हो ।

अस्पतालले कोभिड १९ संक्रमित गर्भवतीको शल्यक्रिया वा सुत्केरी गराउन छुट्टै चिकित्सक टिम खटाउने गरेको छ । ‘एक हप्ता सम्म एउटा टिमले संक्रमितको मात्रै प्रशुती गराउँछ’ प्रसुती रोग विशेषज्ञ सापकोटाले भने ‘एक हप्ता पछि उनीहरु क्वारेन्टिन बस्छन्, नयाँ टिम आउँछ ।’

क्वारेन्टिन बसेकाहरुको पिसिआर जाँच गरेर अवस्था समान्य भएपछि काममा फर्कने गरी तालिका बनाइएको उनले बताए । भरतपुर अस्पतालमा छ वटा शल्यक्रिया कक्ष छ ।

त्यो मध्ये एउटा कोरोना संक्रमितका लागि प्रयोग गरिन्छ । उक्त कक्षमा शल्यक्रिया लगत्तै निर्मलीकरण गरिने अस्पतालले जनाएको छ ।

अहिले प्रतिक्षा कक्ष, उपचारपछि भर्ना गर्ने ठाउँ संक्रमितका लागि छुट्टै बनाईरहेको र एक साता भित्र सबै तयार भईसक्ने डाक्टर सापकोटाले बताए ।

प्रतिक्रिया दिनुहोस्